उच्च माध्यमिक शिक्षा परिषद सम्वन्धन महाशाखाको विशेष छात्रवृत्ती सम्वन्धी सूचना
यस परिषदवाट सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालय/क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत दृष्टिविहिन, श्रवणशक्ति नभएका, (वहिरा) तथा “क” वर्गमा पर्ने अपाङ्गता भएका विद्यार्थीलाई उच्च माध्यमिक तहको शिक्षामा पहुँच पुर्याउने उद्धेश्यले विशेष शिक्षा सहयोग कार्यक्रम अन्तर्गत छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम रहेको हुँदा त्यस्ता विद्यार्थीहरुले निम्नामुसारका कागजातहरू संलग्न गरि मिति २०६८ मंसीर मसान्त भित्र सम्वन्धित उच्च माध्यमिक विद्यालय/क्याम्पस मार्फत उच्च माध्यमिक शिक्षा परिषद सम्वन्धन महासाखा वा परिषदको सम्वन्धित जिल्ला स्थित कार्यालय, विराटनगर, जनकपुर, हेटौडा, काठमाडौ, पोखरा, वुटवल, नेपालगन्ज र धनगढीमा आवेदन पेश गर्नुहुन सम्वन्धित सवैमा जानकारी गराइन्छ ।
आवेदनसाथ पेश गर्नुपर्ने सम्वन्धित कागजातहरू
१.एस.एल.सी. को मार्कसीट र चारित्रीक प्रमाणपत्रको प्रमाणीत प्रतिलिपी
२.अपाङ्गताको प्रमाणपत्रको प्रमाणीत प्रतिलिपी
३.नागरिकताको प्रमाणपत्रको प्रमाणीत प्रतिलिपी
४.विद्यर्थी नियमित अध्यनरत रहेको र अन्य स्वदेशी तथा विदेशी कुनै पनि निकायवाट छात्रवृत्ती प्राप्त गरेको छैन भन्ने सम्बन्धित विद्यालय/क्याम्पसको सिफारिस पत्र ।
५.अन्य कुनै निकायवाट छात्रवृत्ति प्राप्त गरेको छैन भन्ने सम्वन्धित विद्यार्थीको प्रतिवद्धता ।