यु.एन.सी.आर.पी.डी.को भावना र मर्म अनुकुल हुनेगरि नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संवन्धी ऐनको पुनर्लेखन कार्य महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा एक समिति वनाइ सुरु गरिएको र यसको जीरो मस्यौदा समेत तयार पारीसकिएको हुनाले उक्त मस्यौदामा आफ्नो तर्फवाट सुझाव दिन चाहने सम्पूर्ण अपाङ्गता भएका व्यक्ति,उनिहरुद्वारा संचालित संस्था, अपाङ्गता अधिकारमा काम गर्ने संघसंस्था तथा व्यक्ति लगायत सम्पुर्ण सरोकारवाला निकायहरुले आफ्ना सुझावहरु महिला वालवालिका तथा समाजकल्याण मन्त्रालको सामाजिक सुरक्षा अन्तर्गत अपाङ्गता डेस्कमा उपलब्ध गराउनुहुन वा raveez1974@yahoo.com मा इमेलवाट पठाउन सक्नुहुनेछ । तपाईँहरुको सजिलोको लागि विधेयकको जीरो मस्यौदा तलको लिंकमा क्लीक गरेर डाउनलोड गर्न सक्नुहुन्छ ।
Persons with Disabilities Bill_first draft 7th Dec 2011