कक्षा १ देखी ८ सम्मका अपाङ्गता भएका विद्यार्थीहरूको लागि सरकारले गरेको छात्रवृत्तीको व्यवस्था २०६८/०६९
१. छात्रवृत्ती वितरणका आधारहरू
- अपाङ्गता भएका वालवालिकाहरूलाई अध्ययन अवसरमा अभिवृद्धि गर्न र सिकाइमा गुणस्तर कायम गर्नका लागि (क) (ख) (ग) र (घ) गरि ४ स्रेणीको छात्रवृत्तीको व्यवस्था गरिएको छ । विद्यालयमा रहेका अपाङ्गता भएका विद्यार्थीलाई अपाङ्गताको तह र अवस्था अनुसार श्रेणीगत रूपमा छात्रवृत्ती उपलब्ध गराउनका लागि लेखाजोखा केन्द्र स्थापना भएका जिल्लामा सबै स्रोत शिक्षकहरूको सहभागितमा केन्द्रको निर्णय वमोजिम र अन्य जिल्लामा सबै स्रोत शिक्षकहरूको सहभागितामा जिल्ला शिक्षा कार्यालयले नै श्रेणीगत आधारमा विद्यालयका लागि छत्रवृत्ती कोटा निर्धारण गर्ने । कोटा निर्धारण भए अनुसार छात्रवृत्तीको रकम विद्यार्थीलाई वितरणको लागि सम्वन्धित विद्यालयमा निकासा गर्ने ।
- स्रोतकक्षा विद्यालयमा प्राप्त छात्रवृत्तीको रकम विद्यालयवाटै आवास संचालन भएको भए विद्यालयले आवास खर्चमा प्रयोग गर्ने र अभिभावकहरूवाट आवास संचालन गरेको भए अभिभावकहरूको रोहवरमा विद्यार्थीलाई वुझाउने ।
- स्रोतकक्षामा आवासीय रूपमा नवस्ने वा स्रोत कक्षा नभएको अन्य विद्यालयहरूमा अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीहरूलाई छात्रवृत्ती रकम सम्वन्धित अभिभावकको रोहवरमा विद्यालयले वुझाउने ।
२: श्रेणी विभाजनका आधार र विद्यार्थीले पाउने छत्रवृत्ती देहायबमोजिम रहेका छन ।
“क“ श्रेणी : आफ्नो घरवाट दैनिक आवतजावत गर्न नसक्ने एवं अध्ययनका लागि डेरा गरि वस्नुपर्ने गरिव अपाङ्ग वालवालिकालाई प्रति महिना दार्चुला, हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, मुस्ताङ्, मनाङ, रसुवा, सोलु र ताप्लेजुङ्ग जिल्लाका लागि रू २०००/- का दरले १० महिनाका लागि जम्मा रू २००००/- , अन्य जिल्लाका लागि प्रतिमहिना रू १७००/- का दरले १० महिनाको जम्मा रू १७०००/- ।
“ख“ श्रेणी : घरवाट आउँदा जाँदा र विद्यालयमा रहँदा निरन्तर अरूको सहयोग र साधन आवश्यक पर्ने अपाङ्ग वालवालिकालाई प्रतिमहिना रू ५००/- का दरले १० महिनाको रू ५०००/- ।
“ग“ श्रेणी : घरवाट आउँदा जाँदा यातायातका साधन वा अन्य उपकरण प्रयोग गर्नुपर्ने अपाङ्ग वालवालिकालाई प्रति महिना रू ३००/- का दरले १० महिनाको रू ३०००/-
“घ“ श्रेणी : घरवाट आउन जान सक्ने अपाङ्गता भएका वालवालिकालाई महिनाको रू ५०/- को दरले १० महिनाको रू ५००/- ।
कुनै पनि छात्रवृत्ती दोहोरो नपर्नेगरि वितरण गर्नुपर्नेछ । छात्रवृत्ती वितरणका श्रेणीगत विवरण अनिवार्य रूपमा शिक्षा विभाग समाहित शिक्षा साखामा पठाउनुपर्नेछ ।
स्रोत : कार्यक्रम कार्यान्वनय पुस्तिका, शिक्षा विभाग