Disability related policy and programs in three years government plan 2067 to 2070


सरकारको तीन वर्षे योजना २०६७/६८ ०६९/७० मा अपाङ्गताको सवालमा समेटीएका नीति तथा कार्यक्रमहरु

 अध्याय ५ : सामाजिक विकास नीति

. प्रमुख कार्यक्रम

लक्षित कार्यक्रम : ………………………. …… .स्थानीय निकायलाई तोकिएका काम कर्तव्यहरु संपादन गर्न सहयोग पुर्याउने उद्देश्यवाट ज्येष्ठ नागरिक, दलित, आदिवासी, जनजाति, अशक्त अपाङ्ग, सिमान्तकृत एकल महिलाहरुको सुरक्षा व्यवस्था गरिनेछ । सामाजिक सुरक्षा भत्ता वितरण कार्य बैंक तथा वित्तीय संस्था मार्फत गरिनेछ । यस कार्यक्रमको दीर्घकालिन प्रभाव र राज्यकोषमा यसले सृजना गर्ने दायित्व दिगोपनाका सम्वन्धमा प्रभावकारिता अध्ययन गरिनेछ ।

स्थानीय निकाय क्षमता अभिवृद्धि कार्यक्रम : सहभातितात्मक योजना प्रणाली सुदृढीकरण कार्यक्रम : स्थानीय योजना प्रकृयामा विपन्न वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडावर्ग, अशक्तता भएका व्यक्ति लगायत पछाडी परेका समूह र तिनका प्रतिनिधि संस्थाहरूको सहभागिता गराइने …… …….. ……. ………………………. …………..

.७ बालबालिका

रणानीति

२. द्वन्द्व प्रभावित, सिमान्तकृत, शारिरिक अपाङ्गता, HIV/AIDS लगायत विभिन्न कारणले जोखिममा रहेका बालवालिकाहरूको उद्धार तथा पुनर्स्थापनालाई विस्तार गर्दै निरन्तरता दिने ।

कार्यनीति

२.१ विपन्न द्वन्द्व प्रभावित सीमान्तकृत समूदायका तथा शारीरिक अपाङ्गता भएका र जोखिममा रहेका बालवालिकाहरूवाट सुरु गरि देशका सबै बालबालिलकालाई क्रमश: सामाजिक संरक्षणको दायरामा ल्याइनेछ ।

.९ शिक्षा

कार्यनीति

४.७ शिक्षामा महिला आदिवासी/जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, समेतको पहुँच सुनिश्चित गर्न राष्ट्रिय र स्थानीय तहमा कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिनेछ । यस क्रममा विद्यालय पौष्टीक आहार तथा विद्यालय स्वास्थ्य कार्यक्रमको थप सुदृढीकरण गरिनेछ ।

प्रमुख कार्यक्रम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम : प्राविधिक एस.एल.सी. र सो भन्दा माथिल्लो तहमा पहुँच वृद्धिका साथै सीपमुलक, रोजगारउन्मुख शिक्षाको विकास र विस्तारका लागि विविध विधाका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरू, आवश्यकता र औचित्यका आधारमा संस्थाहरूको वितरण, व्यवस्थापन र क्षमता विकास, एकिकृत कोष स्थापना, युवा, महिला, दलितऽ आदिवासी, जनजाती, अपाङ्ग, गरिव, मधेशी, द्वन्द्व प्रभावित, विस्थापित र पछाडी परेका वर्गका समूदायको लागि लक्षित कार्यक्रमहरू, उद्यमशिलता विकास, एनेक्स विद्यालय सुदृढीकरण, नीतिगत तथा कानूनी ढाँचामा सामयिक सुधार, छात्रवृत्ती कार्यक्रम, मागमा आधारित सीप विकास कार्यक्रमहरू संचालन गरिनेछ ।

 .१० स्वास्थ्य तथा पोषण

रणनीति

२. प्रतिरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक, पुनर्स्थापनामुलक, आपतकालिन र प्रकोपजन्य क्षेत्रमा समेत गुणस्तरीय सेवाहरु स्थानीय स्तरसम्मका जनताको पहुँच हुनेगरि प्रभावकारी रुपमा संचालन गर्ने ।

कार्यनीति

२.९ द्वन्दवाट शारीरिक वा मानसिक रुपमा पिडित भएकाहरूको उपचार, कृतृम अंग प्रदान, निड्डशुल्क स्वास्थ्य शिविर, पुनर्स्थापना, अपांगता निवारण एवं रोकथाम, अन्धोपन र कमजोर दृष्टी भएकाको स्थिति अध्यावधिक गर्ने, जस्त कार्यलाई गैर सरकारी संस्थाहरूसँग साझेदारी गरी सेवा प्रवाहलाई व्यवस्थित गरिनेछ ।

८.१० गरिव, असाहाय, लोपोन्मुख सूचीमा परेका जाती, अपांग, द्वन्द तथा प्राकृतिक प्रकोप पिडीत, जनताहरूको स्वास्थ्य सुरक्षाको लागि एक सामाजिक स्वास्थ्य सुरक्षा कोषको व्यवस्था गरिनेछ । यसकालागि संचालन निर्देशिका तयार गरि कार्यक्रम संचालन गरिनेछ ।

प्रमुख कार्यक्रम

विशेष स्वास्थ्य सेवा र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पक्षघात तथा अन्य शारीरिक विकलाङ्गहरूको पुनर्स्थापनाको लागि समुदाय तथा गैर सरकारी संस्थाहरूको संलग्नतामा समुदायमा आधारित पुनर्स्थापनाको प्रवर्धन, सडक, औद्योगिक व्यावसाय तथा अन्य प्राकृतिक तथा अप्राकृतिक दुर्घटना तथा चोटपटक रोकथाम गर्न स्वास्थ्य मन्त्रालयको संयोजनमा सम्वद्ध मन्त्रालयसँग समन्वय गरि दुर्घटना रोकथाम तथा नियन्त्रणका लागि विशेष संयन्त्र स्थापना गरिनेछन् । साथै लैंगीक हिंसा, विभेद तथा सामाजिक विभेदीकरण न्युनिकरणमा सहयोग गर्नका लागि स्वास्थ्य संस्थाहरूमा लैंगीक हिंसावाट पिडीतलाई तत्काल सेवा दिन विशेष कार्य गरिनेछ ।

अध्याय ७ : शान्ति, पुनर्स्थापना र समावेशी विकास

कार्यनीति

१.६ द्वन्दवाट अपाङ्ग भएका वा शारीरिक रूपमा अशक्तका लागि उपचार सेवा लगायतको राहत प्रदान गरिनेछ ।

.. सडक तथा अन्य यातायात

कार्यनीति

७.१. अपाङ्ग मैत्री सडक संरचनाहरू विकास गर्दै लगिनेछ ।  

.३ समावेशीकरण

उद्धेश्य

१.      महिला, दलित, आदिवासीरजनजाति, मधेशी, मुस्लिम, पिछडिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख जाती एवं कर्णाली क्षेत्र समेतका दुर्गम पहाडी तथा हिमाली क्षेत्रका वासिन्दा समेत वन्चितिमा पारिएका/परेका समुदाय र क्षेत्रहरूलाई विकासको समग्र प्रकृया र प्रतिफलमा मुल प्रवाहिकरण गरी स्रोत साधन र सार्वजनिक सेवामा पहुँच वढाउने ।  

 .५ अपाङ्गता भएका व्यक्ति

. दीर्धकालिन सोच : सवै प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको आधारभूत हक अधिकारको संरक्षण र उनिहरुमा अन्तर्निहित प्रतिभाको विकास गरि उनिहरूलाई समर्थ नागरिक वनाउने ।

. उद्धेश्य : सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानपूर्ण, स्वतन्त्र, अवरोधमुक्त र आत्मनिर्भर जीवनयापनका लागि उपयुक्त रोजगारि सहित आवश्यक सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार एवं सुविधाहरू उपलब्ध गराउने ।

. रणनीति :

१. अपाङ्गता भएका व्यक्तिहरूको अवरोधमुक्त, न्यायपूर्ण मर्यादित जीवनयापनका लागि अनुकुल वातावरण निर्माण गरि मुल प्रवाहिकरण गर्ने कुरामा जोड दिने ।

२. अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा कानूनी, संस्थागत, भौतिक, तथा आर्थिक पूर्वाधारहरूको विस्तार गर्ने ।

३. अशक्तताको वर्गीकरणका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा प्रदान गर्ने ।

४. अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष संरक्षण प्रदान गर्न लक्षित कार्यक्रमहरू संचालन गर्ने ।

५. अपाङ्गता भएका व्यक्तिहरूको लागि आवश्यक सामग्रीहरूको स्वदेशमै उत्पादन गर्न र आधारभूत सेवा सुविधाहरूको विस्तार गर्न विकासका साझेदारहरू वीच सहकार्य र समन्वयमा जोड दिने ।

 . कार्यनीति

१.१.अपाङ्गता भएका व्यक्तिहरूका लागि अवरोधमुक्त, न्यायपूर्ण, मर्यादित स्वतन्त्र जीवनयापन गर्न सक्नेगरी सामाजिक आर्थिक पूर्वाधारको विकास गर्दै लगिनेछ ।

१.२.अपाङ्गता भएका व्यक्तिहरूका हक अधिकार र सरोकारका विषयहरू निर्क्योल गरी मूल प्रवाहिकरणका लागि कार्यक्रम संचालन गरिनेछ ।

२.१.सबैको लागि पहुँचको अवधारणा बमोजिम अब निर्माण गरिने वा निर्माणाधिन वा बनिसकेका सरकारी कार्यालयहरू, सार्वजनिक स्थलका सेवा, सडक पार गर्ने व्यवस्था लगायत सुविधा एवं पूर्वाधारहरूलाई अपाङ्ता मैत्री वनाउँदै लगिनेछ ।

२.२. अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासंधीको मुल मर्मलाई आत्मसात गरी सोहि अनुरूप कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन गरिनेछ ।

२.३. अपाङ्गहरूको शारीरिक पुनर्स्थापना सम्बन्धि राष्ट्रिय रणनीति तयार गरिनेछ ।

३.१. अशक्तताको वर्गीकरणका आधारमा अपाङ्गता भएका सबै महिला तथा पुरुषका लागि पर्याप्त सामाजिक सुरक्षाका प्रावधानहरूको क्रमिक रूपले विकास गरिनेछ ।

३.२. अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारिको अवसर प्रदान गर्नका लागि सरकारी कार्यालयहरू तथा गैरसरकारी संस्थाहरूमा प्राथमिकता दिइनेछ ।

४.१. अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि आर्थिक, सामाजिक, राजनैतिक सशक्तिकरणको माध्यमवाट प्रभावकारी समावेशीकरणका लागि लक्षित कार्यक्रमहरू तयार गरी लागु गरिनेछ ।

४.२. अपाङ्गता भएका व्यक्तिहरूका लागि नियमित रूपमा विशेष खेलकुद एवं मनोरञ्जनात्मक कृयाकलापहरूको आयोजना गरिनेछ ।

४.३. विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त शिक्षा, सीप रोजगारी प्रदान गर्दै स्वावलम्वि र स्वत्नत्र जीवनयापनका लागि अवसर प्रदान गरिनेछ ।

५.१. अपाङ्गता भएका व्यक्तिहरूका लागि यथासंभव स्वदेशमै आवश्यक सहायक सामग्रिहरूको उत्पादन, वितरण एवं शारिरिक पुनर्स्थापन लगायत आधारभूत सेवा सुविधाहरूको विकास तथा विस्तार गर्न सरकारी, गैर सरकारी, सामूदायिक क्षेत्र र विकास साझेदारहरू बीच समन्वय र सहकार्यलाई प्रवर्द्धन गरिनेछ ।

५.२. अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि यस क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तराष्ट्रिय सरकारी, गैर सरकारी संस्थाहरू वीच समन्वय, सहकार्य र सहयोगलाई सुदृढ गरिनेछ ।

५.३. अपाङ्गता भएका व्यक्तिहरू सम्वद्ध सूचनाहरू एकिकृत गरि व्यवस्थित सूचना प्रणालीको विकास गर्नुका साथै विभिन्न स्थानमा स्रोत केन्द्रहरूको स्थापना गर्दै लगिनेछ ।

५.४. सबै प्रकारका अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम संचालन गरिनेछ ।

. प्रमुख कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम ७५ जिल्लामा संचालन गर्ने, जिल्लामा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको तथ्यांक व्यवस्थापन, पाँच विकास क्षेत्रमा आवश्यक्ता अनुसार अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगि सामग्री उत्पादन तथा वितरण केन्द्रको स्थापना र संचालन गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघिय महासंधी वारे प्रचार प्रसार गरी कार्यान्वयनमा प्रभावकारीता ल्याउन, अपाङ्गता भएका वेवारिसे महिला, पुरुष तथा वालवालिकाहरूका लागि पाँच विकास क्षेत्रमा आवश्यक संख्यामा आवासीय संरक्षण तथा पुनर्स्थापना केन्द्र स्थापना गर्ने, संस्थाहरूलाई (सामाजिक सुरक्षा अन्तर्गत आय आर्जन, स्वरोजगारी, सशक्तिकरण तथा चेतनामुलक तालिम सम्बन्धी कार्य गर्न) अनुदान दिनेजस्त कार्य गरिनेछन् ।

. कार्यान्वयन व्यवस्था

राष्ट्रिय स्तरमा महिला, बालवालिका तथा समाजकल्याण मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी योजना कार्यान्वयनका लागि सरकारी, गैर सरकारी, समुदायिक र निजी क्षेत्रवीच सहकार्यलाई जोड दिनेछ । केन्द्रीय स्तरमा मन्त्रालय, अपाङ्ग सेवा राष्ट्रिय समन्वय समिति, महिला तथा वालवालिका विभाग र राष्ट्रिय अपाङ्ग महासंघ लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूसँग आवद्ध संघ संस्थाहरू, जिल्ला स्तरमा महिला तथा बालवालिका कार्यालय, जिल्ला स्तरीय समुदायमा आधारित पुनर्स्थापना समन्वय समिति र अन्य अपाङ्गता सम्बन्धी संस्थाहरूवाट कार्यान्वयन हुनेछ ।

१०. अनुगमन तथा मुल्याङ्कन

केन्द्रीय स्तरवाट अनुगमन तथा मुल्याङ्कन राष्ट्रिय योजना आयोग, महिला बालवालिका तथा समाजकल्याण मन्त्रालय र समुदायमा आधारित पुनर्स्थापना निर्देशक समिति, महिला तथा बालवालिका विभागले गर्नेछन् । जिल्लास्तरमा पनि महिला तथा बालवालिका कार्यालय तथा समुदायमा आधारित पुनर्स्थापना जिल्ला समन्वय तथा कार्यान्वयन समितिवाट अनुगमन हुनेछ । आवश्यक्ता अनुसार तेस्रो पक्षवाट समेत अनुगमन गर्ने तथा पृष्ठपोषण लिने कार्य सम्पन्न गरिनेछ ।

११. अपेक्षित उपलब्धी

१. कानूनी, संस्थागत, भौतिक, आर्थिक पूर्वाधारहरूको विकास भई अपाङ्गता मैत्री, अनुकुल तथा सबल वातावरण तयार भएको हुनेछ ।

२. सबै सम्बद्ध क्षेत्रगत कार्यक्रमहरूमा अपाङ्गताको विषय समावेश भएको हुनेछ ।

३. अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षाका प्रावधानहरू सुदृढ भएको हुनेछ ।  

४. अपाङ्गताको प्रकृति हेरी लक्षित सेवा, सुविधाहरूको विस्तार भएको हुनेछ ।

५. सबै सरोकारवालाहरू वीच सहकार्य र समन्वयमा वृद्धि भएकोहुनेछ ।

६. अपाङ्गता भएका व्यक्तिहरू आफ्नो परिवार तथा समुदायमा नै पुनर्स्थापित भएका हुनेछन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s