Portage Guide in Nepali – Now in your hand


अपाङ्गता भएका वालवालिकाको प्रारम्भिक विकास र शिक्षाको लागि उपयोगी पुस्तक अव तपाँइको हातमा ।

 

Portage Guide

पोर्ट्रेज एक वालवालिकाहरुको प्रारम्भिक विकासमा सहयोग पुर्याउने कार्यक्रम हो ।  विकासमा ढिलाई भएका तथा अपाङ्गता भएका वालवालिकाको विकासको लागि प्रारम्भिक शिक्षा तथा तालिम दिने मोडेलको रुपमा सन १९६९ मा संयुक्त राज्य अमेरिकाको पोर्ट्रज भन्ने ठाउँवाट यस कार्यक्रमको सुरुवात गरिएको हुनाले यसको नामाकरण पनि सोहि ठाउँको नामवाट भएको हो । विश्वका १०० भन्दा वढी देशहरुमा संचालित यो कार्यक्रम नेपालमा वि सं २०५८ सालवाट सुरु गरिएको हो ।

यस कार्यक्रम सम्वन्धि  CBR Network (South Asia) ले अंग्रेजीमा तयार पारेको र वाल विकासको काममा ज्यादै उपयोगी ठहरिएको Portage Guide to Early Childhood Education  नामक पुस्तकलाई प्रारम्भिक बाल बिकास शिक्षा (तालिम) को लागि पोर्टेज निर्देशिका भन्ने नेपाली नाम दिई हाल नेपालीमा उल्था गरिएको छ । अपाङ्गता भएका मात्र नभएर अन्य वालवालिकाको समेत प्रारम्भिक विकास र शिक्षाको लागि बाबु आमा, परिवारका सदस्य, शिक्षक, लगायत सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने व्यवहार र अपनाउनुपर्ने तरिकाहरूको वारेमा अत्यन्तै विस्तृत, क्रमवद्ध र सरल तरिकाले व्याख्या गरिएको यस पुस्तकमा वाल विकास सम्वन्धि विभिन्न मोडेलहरुको वारेमा उल्लेख गरिएको छ । यो पुस्तक सरल भाषामा लेखिएको हुनाले यसलाई सामान्य लेख पढ गरेका अभिभावक देखि लिएर वाल विशेषज्ञहरूले पनि उत्तिकै उपयोग गर्न सक्छन । ६८८ पृष्ठमा समेटिएको यस पुस्तकमा वाल विकास सम्वन्धि विभिन्न मोडेलहरु (शिशु उत्प्रेरणा, स्वावलम्वन, सामाजिकिकरण, मांशपेशी विकास, बौद्धिक विकास, भाषा तथा संचारको विकास )  को चर्चा गर्नुका साथै दैनिक रुपमा हरेक मोडेलहरूलाई वच्चाको विकास र शिक्षाको लागि योजनावद्ध ढंगमा उपयोग गर्ने तरिकाहरूको वारेमा सिकाइएको छ । पोर्टेज तथा पुनर्स्थापना संस्था नेपालले नेपालीमा अनुवाद गरेको यस पुस्तकको मुल्य रु. १०००/- रहेको छ ।

यो पुस्तक लिन चाहनेहरुका लागि सम्पर्क :

. पोर्टेज तथा पुनर्स्थापना संस्था नेपाल, बनेपा ३, काभ्रे फोन नं. ०११६८३५८२ऽ, इमेल ppn.2002@gmail.com, ppn_2002@yahoo.com  

२. पुनर्स्थापना र विकासको लागि स्रोत केन्द्र (आर.सी.आर.डी.) नेपाल, भक्तपुर नगरपालीका १५ऽ इन्द्रायणी पीठ, खौमा, फोन ड्ड ०१६६१२३६५ऽ इमेल : info.rcrd@gmail.com , rcrdnepa@ntc.net.np

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s